निर्जीवन
बीमा
राग्ट्रिय
बीमा संस्थानले
विभिन्न निर्जीवन
ब्यवसायहरु
सञ्चालन गर्दै
आएको छ ।
निर्जीवन
बीमा ब्यवसायका
किसिमहरु
अग्नि बीमा
यस बीमा लेख
अन्तर्गत मुख्य
जोखिम आगलागि
हो र यस अन्तर्गत
चट्याङ्गबाट
हुने जोखिम,
भूकम्पबाट
हुने क्षतिको
जोखिम, हूलदङ्गा
वा हड्तालबाट
हुने क्षतिको
जवखिम, द्बेशपूर्ण
कार्य, विष्फोट,
बाढी वा जलमग्न
जस्ता जोखिम,
आँधीबेहरी
हूरीबतास,
पहिरो, हवाइजहाज
वा हवाइजहाजबाट
मालसामान खसी
हुनसक्ने जोखिम
आदि पनि पर्दछन्
।
मोटर बीमा
यस बीमा अन्तर्गत
ठूला, हल्का
र दुई पाङ्ग्रे
गरी 3 प्रकारका
सवारी साधनको
ब्यापक र तेश्रो
पक्ष दायित्व
गरी 2 प्रकारको
बीमा गरिन्छ
। दुर्घटनाको
सम्भावनामा
लगातार बृद्धि
भइरहेको सन्दर्भमा
यो महत्वपूर्ण
बीमाकव रुपमा
रहेको छ ।
हवाई बीमा
आकाशमा उड्ने
सवारीहरु हवाईजहाज,
हेलीकप्टर
आदिको सम्भावित
क्षति वहन
गर्ने र ती
यानहरुले पुर्याउन
सक्ने क्षतिको
जोखिम वहन
गर्ने कार्य
यस बीमाले
गर्दछ ।
सामुन्द्रिक
बीमा
यस बीमा अन्तर्गत
पानी जहाज,
जहाजमा रहेको
सामान एवं
ती सामान अन्य
सवारीद्बारा
सम्बन्धित
ठाउँसम्म पुर्याउँदा
हुनसक्ने हानी
नोक्सानीलाई
बहन गर्ने
गरिन्छ ।
इञ्जिननियरिङ्ग
बीमा
यस अन्तर्गत
निम्न बीमा
पर्दछन् ।
क) ठेकेदार
सम्पूर्ण जोखिम
बीमा
ख)मेशिनरी
सम्पूर्ण जोखिम
बीमा
ग)बोइलर बीमा
अौषधोपचार
बीमा
यस बीमा अन्तर्गत
कुनै पनि संघ
संस्था वा
कार्यालयमा
कार्यरत कर्मचारी
एवं तिनका
परिवारको अौषधोपचारमा
लाग्ने खर्चका
भारलाई ब्यहोर्ने
काम हुन्छ
। यात्रा अवधिमा
बिरामी परियो
भने त्यसको
पनि यस्तै
बीमा लेख अन्तर्गत
बीमा गरिने
ब्यवस्था छ
।
ब्यत्तिगत
दुर्घटना बीमा
मानिसको ब्यत्तिगत
दुर्घटनाबाट
हुनसक्ने सम्भावित
क्षतिलाई आर्थिक
रुपले कम गर्ने
काम यस बीमा
अन्तर्गत हुन्छ
। दुर्घटनाबाट
अङ्गभङ्ग हुने
वा पुरै शरिर
काम नलाग्ने
हुने वा अपाङ्ग
हुने वा मृत्यु
हुने स्थितिमा
बीमांक रकम
अनुसार क्षतिपूर्ति
ब्यहोर्ने
काम यस बीमाले
गर्दछ ।
मार्गस्थ
जीवन बीमा
बैंकबाट बैंक
या एक ठाउँबाट
अर्को ठाउँमा
रकम लैजानु
पर्दाको अवस्थामा
हुनसक्ने हानी
नोक्सानीलाई
यस बीमाले
वहन गर्दछ
।
सेधमारी तथा
नकबजनी बीमा
बलजफ्ती तोडफोड
गरी चोरी, डकैतीबाट
सुरक्षित स्थानमा
रहेको सामान
हराउँदा हुने
क्षति विरुद्धमा
यो बीमा गरिन्छ
।
श्रमिक मुआब्जा
बिमा
उद्योग, कलकारखानामा
काम गर्ने
श्रमिकलाई
दुर्घटना वा
दैवीघटनाबाट
हुनसक्ने क्षति
विरुद्ध गरिने
बीमा श्रमिक
मुआब्जा बीमा
हो ।
निष्ठा जमानी
बीमा
उद्योग,वाणिज्य
तथा बैंकिङ्ग
क्षेत्रमा
नगद कारोबार
गर्ने कर्मचारीको
निष्ठाहीनताको
कारणले हुनसक्ने
हानी नोक्सानी
विरुद्धमा
जोखिम वहन
गर्न यो बीमा
गरिन्छ ।
बैंकर्स ब्लैङ्केट
बीमा
यस बीमा अन्तर्गत
बैंक, फाइनान्स
कम्पनी आदि
आर्थिक कारोबार
गर्ने संस्थाको
अलग अलग बीमा
नगरी समग्र
कारोबारको
यौटै छातामुनि
बीमा गर्ने
गरिन्छ ।
जनदायित्व
बीमा
कुनै ब्यत्ति
वा संस्थाको
हेलचेक्रयाँइले
जनसाधारणमा
पर्नसक्ने
हानी नोक्सानीकव
विरुद्ध गरिने
बीमा जनदायित्व
बीमा हो ।
ग्राहस्थ
बीमा
निजी बसोबासको
घर, त्यस भित्र
रहेको सरसामान
आदिमा अग्नी,
चट्याङ्ग,
भूकम्प, हुरी,
बाढी, पहिरो,
हूलदङ्गा,
सवारी साधनको
ठक्कर, चोरी
आदिबाट हुनसक्ने
क्षतिलाई वहन
गर्ने बीमा
ग्राहस्थ बीमा
हो ।
विविध बीमा
यस अन्तर्गत
आवश्यकता अनुरुपको
अन्य बीमाहरु
पनि गर्न सकिन्छ
। जस्तै: बाली
बीमा, पर्वतारोहण
दुर्घटना बीमा,
जलयात्रा दुर्घटना
बीमा आदि ।
Overseas Employment Insurance
This insurance is aimed for those who work outside the
country. This insurance covers the risk associated with the
work abroad.
|