परिचय
देशको आर्थिक
विकासको लागि
आन्तरिक साधन
र पूँजीको
परिचालन गर्न,
विदेशी मुद्राको
व्यभार रोक्न
तथा एउटा दक्ष
ब्यवसायिक
बीमा कम्पनी
स्थापना गर्न
नेपाल सरकारले
गरेको निर्णय
अनुरुप स्थापना
भएको यस संस्थानले
आफ्नो आजसम्मको
कार्यकालमा
नेपाल सरकारलाई
कुनै थप दायित्व
पर्न नदिई
राजस्वमा यथासक्य
योगदान पुर्याउँदै
आएको छ । संस्थानले
नेपाली बीमा
बजारमा दक्ष
जनशक्ति फिंजाएको
छ र आफैंलाई
"बीमाको क्षेत्रमा
एउटा विश्वसनीय
नाम" को रुपमा
परिचित गराएको
छ । यथार्थमा
भन्ने हो भने
सबै नेपालीको
एक सुढृढ सुनिश्चित
भविष्यको पर्याय
बनेको छ राष्ट्रिय
बीमा संस्थान
।
संक्षिप्त
जानकारी
स्थापना
पौष १,२०२४ मा
प्राइभेट कम्पनीको
रुपमा स्थापना
भई पौष
१,२०२५ मा
राष्ट्रिय
बीमा संस्थान
एेन २०२५
अनुसार संस्थानको
रुपमा परिणत
।
कारोबार शुरु
फाल्गुण ११,२०२४
बाट निर्जीवन
बीमा तथा फाल्गुण
७,२०२९ बाट
जीवन बीमा
ब्यवसायको
कारोबार शुरु
।
संगठन
अध्यक्ष लगायत
नेपाल सरकारको
बहुमत रहने
गरी गठन गरिएको
७ सदस्य सञ्चालक
समिति यस प्रकारको
छ ।
अध्यक्ष
नेपाल सरकारद्बारा
नियुत्त
सदस्य नेपाल
सरकारद्बारा
नियुत्त
सदस्य नेपाल
सरकारद्बारा
नियुत्त
सदस्य नेपाल
राष्ट्र बैंकद्बारा
मनोनयन
सदस्य नेपाल
बैंक लिमिटेडद्बारा
मनोनयन
सदस्य सर्वसाधारण
शेयरधनीद्बारा
निर्वाचित
हुने
प्रशासक नेपाल
सरकारद्बारा
नियुत्ति हुने
प्रशासकले
संस्थानको
कर्यकारी प्रमुख
र संचालक समितिको
सदस्यको रुपमा
सञ्चालक समिति
र नेपाल सरकारको
नीति, नियम
एवं राष्ट्रिय
बीमासंस्थान
एेन र बीमा
एेनले तोकेको
नीति नियमको
आधारमा व्यवसायिक
बीमा कम्पनीको
रुपमा दैनिक
कार्य सञ्चालन
गर्ने काम
गर्दछन् ।
पुँजी संरचना
र आर्थिक स्रोत
संस्थानको
अधिकृत पुँजी
रु १०,००,००,०००
मध्ये निर्जिवन
बीमातर्फ रु
८,२८,९९,९००
तथा जीवन बीमातर्फ
रु ९३,००,००० को
शेयर चुत्ता
छ ।
उद्धेष्य
देषको आर्थिक
विकासको लागि
आन्तरिक साधन
र पुँजीको
परिचालन गर्नु
तथाविदेशि
मुद्राको व्ययभार
रोक्नु ।
मुख्य काम
कर्तब्य
जीवन बीमा
वा निर्जीवन
बीमा व्यवसाय
गर्नु ।
पुनर्बीमा
गर्नु गराउनु
।अधिराज्यभित्र
आफूले ठीक
ठहर्याएको
क्षेत्रमा
लगानी गर्नु
र सो लगानीको
असूल उपर र
सुरक्षाको
लागि आवश्यक
कदम लिनु ।
मनासिब सम्झेमा
आफूसित धितो
राखेको कुनै
सम्पत्ति आफ्नोचल
अचल सम्पत्तिको
जमानतमा ऋण
प्रदान गर्नु
।
ठीक ठहर्याएको
आफ्नो सम्पत्ति
धितो बन्धक
राखी ऋण लिनु
।
कुनै सम्पत्ति
भाडामा दिनु
वा बिक्रि
गर्नु वा अन्य
प्रकार बाट
बरबन्दोबस्त
गर्नु ।
अन्य संस्थानको
शेयर र ऋण पत्रको
निष्काशनमा
सहायता गर्नु,
ग्यारेण्टी,
अण्डरराइट
गर्नु तथा
एजेन्सी ब्यवसाय
गर्नु ।
मनासिब सम्झेमा
विदेशमा लगानी
गर्नु ।
अन्य संगठित
संस्थानको
शेयर पुँजीमा
लगानी गर्नु
।
एजेन्टहरु
नियुत्ति गर्नु
र निजलाई कमिशन
दिनु ।
ग्यारेण्टी
प्रदान गर्नु
।
शेयर बण्ड,
डिवेञ्चर,प्रतीत
पत्र,चल अचल
सम्पत्ति आदि
खरिदगर्नु,डिस्काउण्ट
कमिशन लिनु
दिनु तथा दलाली
गर्नु ।
हित हुने जुनसुकै
प्रकारको सम्बन्धित
व्यवसाय गर्नु
।
कुनै पनि राष्ट्रिय
दातब्य,जनकल्याण
संस्था वा
संस्थानको
प्रत्यक्ष
वा अप्रत्यक्ष
रुपले भलो
हुने काम गर्नु
वा त्यसको
लागि ग्यारेण्टी
प्रदान गर्नु
।
आफ्ना स्थायी
कर्मचारीहरुको
निमित्त संचयकोष,निवृत्तिभरण,उपदान
तथा अन्य सुविधा
प्रदान गर्नको
लागि कोषको
व्यवस्था गर्नु
।
ऋणपत्र र प्रिफरेन्स
शेयर जारी
गर्नु । |