|
काठमाण्डौं,
फागुन ११ गते
। राष्ट्रिय
बीमा संस्थानले
आर्थिक वर्ष
२०६२/२०६३
को ६ महिनामा
जीवन बीमातर्फ
६१ करोड ५०
लाख रुपियाँ
र निर्जीवन
बीमातर्फ रु.
१७ करोड प्रिमियम
आम्दानी गरेको
छ । सो संस्थाको
जीवन बीमातर्फ
रु. एक अर्ब
६५ करोड र निर्जीवन
बीमातर्फ रु.
३९ करोड प्रिमियम
आम्दानी गर्ने
वार्षिक लक्ष्य
थियो ।
उक्त संस्थानको
३९औं वार्षिकोत्सवको
उपलक्ष्यमा
आज यहाँ आयोजित
समारोहमा सो
कुराको जानकारी
दिइएको हो
।
संस्थाले
बीमा ऐन २०४९
बमोजिम जीवन
तथा निर्जीवन
बीमा अलग-अलग
गर्न श्री
५ को सरकारमा
मस्यौदा पेश
गरिसकेको पनि
बताइयो ।
उक्त समारोहमा
उद्घाटन गर्दै
अर्थ राज्यमन्त्री
डा.रुपज्योतिले
यस संस्थाले
आफूलाई अग्रणी
बीमा कम्पनीका
रुपमा राष्ट्रिय
अर्थतन्त्रको
भरपर्दो,
ब्यवसायिक
र जिम्मेवार
एवं सफल वित्तीय
संस्थाको रुपमा
उभ्याएको छ
भन्नुभयो ।
उहाँले
विश्व व्यापार
सङ्गठनको सदस्य
भइसकेको नेपालले
बीमा ब्यवसनयको
सुरक्षा,
प्रगति,
प्रतिस्पर्धी
क्षमता वृद्दि
र विश्वव्यापीकरणसँग
तालमेल मिलाउन
ऐनमा समयोचित
सुधार गर्नुपर्ने
र सो सङ्गठनको
प्रतिबद्बता
पूरा गर्न
सरकारलाई चाहिने
सेवा, प्रविधि
तथा सहयोग
पुर्याउन
पनि संस्थानले
सक्रियता देखाउनुपर्ने
बताउनुभयो
।
अर्थ राज्यमन्त्री
डा.रुपज्योतिले
वैदेशिक रोजगारीमा
जाने श्रमिकहरुबाट
लिईंदै आएको
१३ प्रतिशत
भ्याट लिने
व्यवस्थालाई
हालैको अध्यादेशले
संशोधन गरि
२ प्रतिशत
अन्तःशुल्क
लिने र सो बापत
रु.पाँच
लाखसम्मको
विशेष बीमा
दिने व्यवस्था
गरिएको जानकारी
दिनुभयो ।
उक्त संस्थाका
कार्यकारी
निर्देशक भोजराज
शर्माले यस
संस्थाले निर्दिष्ट
क्षेत्रहरुमा
करिव रु.११
अर्ब लगानी
गरी स्वदेशी
पुँजीको परिचालनबाट
मुलुकको अर्थतन्त्रको
विकासमा सहयोगी
भूमिका निर्वाह
गरेको छ भन्नुभयो
। उहाँले संस्थाले
निकट भविष्यमा
जीवन बीमाका
तीन उत्पादन
बजारमा ल्याउन
लागेको र निर्जीवन
बीमातर्फ चिकित्सक
तथा अस्पतालको
कानुनी दायित्व
सुरक्षणका
लागि व्यवसायिक
क्षतिपूर्त
नीति तथा मेडिकल
स्टाब्लिस्मेन्ट
ईरर एण्ड अमिसन
पोलिसी सुरु
गर्न लागेको
पनि जानकारी
दिनुभयो ।
बीमा समितिका
अध्यक्ष माधवप्रसाद
उपाध्यायले
सरकारी तथा
निजी बीमा
कम्पनीले अस्वस्थ
प्रतिस्पर्धा
गर्न नहुने
र सेवालाई
अनिवार्य विषय
बनाउनुपर्नेमा
जोड दिनुभयो
। उक्त संस्थानका
सञ्चालक समितिका
सदस्य कमलेशकुमार
अग्रवाले जीवन
बीमा र निर्जीवन
बीमामा संस्थानलाई
विभाजन गर्दा
शेयरधनीलाई
प्रदान गरिएको
अधिकार संरक्षण
गर्न आग्रह
गर्नुभयो ।
समारोहमा
उक्त संस्थालाई
चार पटकसम्म
अधिक बीमा
उपलब्ध गराउने
एजेन्ट वीरेन्द्र
शङ्करलाई कम्प्युटर
र देई पटकसम्म
अधिक बीमा
उराउनुहुने
श्रीमती भगवती
थापालाई रङ्गिन
टेलिभिजन र
अन्य दश जनालाई
नगद, पदक
र प्रशंसापत्र
प्रदान गरिएको
थियो ।
सोही समारोहमा
रक्तदान गर्ने
५१ कर्मचारिलाई
प्रशंसापत्र
प्रदान गरिएको
थियो ।
रासस |